मोरङ–४ बाट तेस्रो लिङ्गी महिला नुमा लिम्बुको उम्मेदवारी

  • चिरफार डटकम, विराटनगर १७३  पटक हेरिएको

बुधबार, माघ ०७, २०८२ समय : १२:१६:१७ , ३ घन्टा अगाडि

मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट तेस्रो लिङ्गी महिला नुमा लिम्बुले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ५ घर भएकी तेस्रो लिङ्गी महिला नुमा लिम्बुले समावेशी समाजवादी पार्टीबाट मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर लिम्बुले प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यूनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) लाई उम्मेदवारी फिर्ता लिएर तेस्रो लिङ्गी महिला उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

समानता र न्यायका लागि आफुले उम्मेदवारी दिएकोले मोरङ–४ का सम्पूर्ण मतदातालाई मतदान गर्न लिम्बुले आग्रह गरेका छन् ।

तेस्रो लिङ्गीहरूले आफ्ना हक र अधिकारका लागि बेग्लै आवाज बुलन्द गर्न समावेशी समाजवादी पार्टीको गठन गरेका छन् । पार्टीले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ६ र समानुपातिक तर्फ १५ जनालाई उम्मेदवार बनाएका छन् ।