- चिरफार डटकम, विराटनगर १५४ पटक हेरिएको
शनिबार, आषाढ १३, २०८३ समय : २१:४४:३७ , ५ घन्टा अगाडि
माहेश्वरी महिला मञ्चले असार १५ गते सोमबार विराटनगरमा अति विपन्न परिवारका ११ जोडीलाई सामूहिक विवाह गराइदिने तयारी पुरा गरेको छ ।माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुले अति विपन्न परिवारबाट छनौटमा परेका ११ जोडीलाई उनको अभिभावक जनप्रतिनिधिको निर्णयमा सामूहिक विवाह गराइदिन लागेको बताए ।

असार १५ गते सोमबार बिहान सभा ११ बजेदेखि विराटनगरको मेनरोड स्थित अतिथि सदनको राधा मण्डपमा सामूहिक विवाह कार्यक्रम सञ्चालन हुनेछ ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा सामूहिक विवाह कार्यक्रम सम्पन्न हुनेछ ।
जुन सामूहिक वैवाहिक समारोहमा माहेश्वरी महिला मञ्चका पदाधिकारीदेखि उद्योगी, व्यवसायीहरूले सहभागिता जनाउने छन् ।
विराटनगरका सामाजिक संघ संस्थाका पदाधिकारीदेखि निजी क्षेत्रबाट उद्योगी व्यवसायी वैवाहिक कार्यक्रममा सहभागिता जनाउने र उनीहरूले वैवाहिक जोडीलाई उपहार प्रदान गर्ने कार्यक्रम रहेको मञ्चले जानकारी गराएको छ ।
माहेश्वरी महिला मञ्च विराटनगरले दोस्रो संस्करणको सामूहिक विवाह कार्यक्रम आयोजना गर्न लागेको छ ।
मञ्चले शितल बाहेतीलाई वैवाहिक कार्यक्रमको संयोजक र अर्चना तापडीया सह–संयोजकको जिम्मेवारी दिएको छ ।