- चिरफार डटकम, विराटनगर ५७८ पटक हेरिएको
सोमबार, फाल्गुण २२, २०७९ समय : १५:४३:२४ , २ वर्ष अगाडि
मारवाडी सेवा समिति विराटनगरले आज सोमबार राती होली दहनको तयारीमा जुटेको छ । आज सोमबार राती १ः३० बजे विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको खुल्ला खाली मैदानमा होलीको पुजन र थम्ब रोपण गर्ने कार्यक्रम छ ।
होली दहनकालागि दिनेश गोल्छा, सुरेन्द्र गोल्छा र देवासिस गोल्छाले परालको व्यवस्थापन गरेको छ । गोल्छा परिवारले ६० बर्षदेखि होली दहनकोलागि आवश्यक परालको व्यवस्थापन गर्दै आइरहेको मारवाडी सेवा समिति विराटनगरका महासचिव घनश्याम राठीले जानकारी गराए ।
मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्दप्रसाद झुनझुनबाला, निवर्तमान अध्यक्ष मोहनलाल शर्मा, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष विशाल केडिया, माहेश्वरी समाज विराटनगरका अध्यक्ष आनन्द मारु, नेपाल राष्ट्रिय मारवाडी परिषद्का राष्ट्रिय उपाध्यक्ष भिखमचन्द सरल, मारवाडी सेवा समिति विराटनगरका कार्यसमिति सदस्य नारायण क्याल, समाजसेवी बिमलप्रसाद अग्रवाल, जैन समाजका तर्फबाट देवेन्द्रकुमार सेठिया होली दहनको तयारीमा जुटेका छन् ।