तस्करीको लाइन खुलेकै हो त ? 

  • चिरफार डटकम, विराटनगर ८१  पटक हेरिएको

बुधबार, मंसिर ०२, २०८३ समय : १४:५२:२६ , ३६ मिनेट अगाडि

मोरङ र सुनसरी जिल्लाको सीमान्त क्षेत्रबाट निर्बाध रूपमा तस्करीको लाइन सञ्चालनमा रहेको छ ।

विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको रानी नाका, दरैया नाका, मटेरवा नाका, इस्लामपुर नाका, बुधनगर–भेडियारी नाकाबाट भारतीय सामान तस्करीको माध्यमबाट विराटनगर भित्रिरहेको छ ।

यस बाहेक मोरङ जिल्लाको सीमावर्ती क्षेत्रबाट मोटो परिमाणमा चिनीदेखि लत्ताकपडा र मल-खाद निर्बाध रूपमा नेपाल भित्रिरहेको छ ।

मोरङ बाहेक सुनसरीको सीमान्त क्षेत्रबाट निर्बाध रूपमा तस्करी लाइन सञ्चालनमा रहेको छ ।

भारतको बिहार राज्य स्थित जोगबनी, विरपुर, बस्मतीया र बेला नाकाबाट मोटो परिमाणमा तस्करीको माध्यमबाट नेपाल भित्रिरहेको महँगो ब्राण्डका लत्ताकपडा काठमाडौँ सहित देशको विभिन्न सहरमा पुगिरहेको छ ।

जसको कारण राज्यले प्राप्त गर्नुपर्ने मोटो रकम राजश्व गुमिरहेको छ । अर्कोतर्फ सीमा सुरक्षाको जिम्मेवारी लिएका सुरक्षाकर्मी तस्कर गिरोह सँग सेटिङ मिलाएर तस्करीको लाइन खुल्ला गरेर अवैध असुलीमा सक्रिय रहेका छन् । राज्य यस तर्फ मौन छ ।