- चिरफार डटकम, विराटनगर ७८ पटक हेरिएको
मंगलबार, आश्विन २७, २०८३ समय : १७:५७:३८ , १ घन्टा अगाडि
उद्योग संगठन मोरङले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न सरकारसँग माँग गरेको छ ।
उद्योग संगठन मोरङले प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहवर अन्सारी मार्फत सरकारसँग विद्युतमा लगाइएको भ्याट कर खारेज गर्न माँग गरेको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको टिमले सोमवार विराटनगरमा सभापति अन्सारी सँग छलफल गर्दै उद्योगमैत्री नीतिगत व्यवस्था आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
अध्यक्ष राठीले औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर उद्योगी व्यवसायीहरूको मनोबल बढाउने गरी काम गर्न सरकारलाई सुझाव दिएको छ ।