चार जना पत्रकारलाई नेपाल यादव सेवा समितिको सम्मान

  • चिरफार डटकम, विराटनगर ५३८  पटक हेरिएको

शुक्रबार, चैत्र ०९, २०८० समय : १६:४०:५४ , ७ महिना अगाडि

नेपाल यादव सेवा समितिले मोरङका चार जना यादव समुदायका पत्रकारलाई सम्मान गरेको छ । नेपाल सेवा समितिको विराटनगर महानगर समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको होली मिलन समारोहमा चारै जना यादव पत्रकारलाई सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य एवं चिरफार डटकम अनलाइनका अध्यक्ष तथा प्रधान सम्पादक ब्रह्मदेव यादवलाई समितिले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।

होली मिलन समारोहमा विराट प्रेस अनलाइनका अध्यक्ष मुकेशकुमार यादव, एक्सप्रेस अनलाइनका अध्यक्ष सुशिलकुमार यादव र मकालु टेलिभिजनका सम्वाददाता सुनिल यादवलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल यादव सेवा समिति मोरङका अध्यक्ष महेश्वर यादव, विराटनगर महानगर समिति अध्यक्ष विरेन्द्र यादव र महानगर समितिका सचिव राकेश रोशन यादवले चारै जना पत्रकारलाई सम्मान गर्दै सम्मानपत्र प्रदान गरेका थिए ।