विराटेश्वर शिव मन्दिर १०० वर्षमा प्रवेश

  • चिरफार डटकम, विराटनगर ५३५  पटक हेरिएको

आइतबार, साउन २०, २०८१ समय : १७:३९:०९ , ८ महिना अगाडि

विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित मेनरोडमा रहेको प्रमुख शक्तिपीठ विराटेश्वर शिव मन्दिर १०० वर्षमा प्रवेश गरेको छ । १९८१ सालमा स्थापना भएको मन्दिर २०८१ सालमा १०० वर्षमा प्रवेश गरेको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उद्योगी एवं समाजसेवी देवकीनन्दन अग्रवालको नेतृत्वमा केही समय अगाडि १०० वर्ष पुग्न लागेको अवसरमा दाताको सहयोगमा मन्दिरको स्तरोन्नति सँगै रङ्गरोगन गरिएको थियो । १०० वर्ष पुगेको अवसरमा शनिबार मन्दिरमा महादेवको रजत आवरण स्थापित गरिएको छ । मन्दिरमा रंगरोगन गर्नको लागि विनोद राठीलाई संयोजकको जिम्मेवारी सुम्पिएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उद्योगी एवं समाजसेवी देवकीनन्दन अग्रवाल र वहाँका श्रीमती निर्मलादेवी अग्रवाल सहित सैंयौं भक्तजनहरूले मन्दिरमा पुजा पाठ गरेका थिए । १०० वर्ष प्रवेश गरेको अवसरमा २०८० को महाशिवरात्रिदेखि २०८१ को महाशिवरात्रिसम्म हरेक सोमबार मन्दिरमा भजन कृतनको आयोजना हुँदै आइरहेको छ । हरेक सोमबार मन्दिरमा आयोजन हुने गरेको भजन कृतनको लागि विनोद अटललाई संयोजकको जिम्मेवारी दिइएको छ ।