- चिरफार डटकम, विराटनगर २२१ पटक हेरिएको
बुधबार, मंसिर ०३, २०८२ समय : १५:४४:५९ , १ घन्टा अगाडि
विराटनगर भन्सार कार्यालयले भन्सार प्रतिनिधि राजकुमार रौनियारको सामान सहितको गाडी नियन्त्रणमा लिएको छ । रौनियारको गाडीमा कस्मेटिकको सामान रहेको विराटनगर भन्सार कार्यालयले जानकारी गराएको छ ।
भन्सार प्रतिनिधि रौनियारले प्रज्ञापन पत्रमा एउटा देशको सामान उल्लेख गरेर अर्के देशको सामान जाँच पास गराउन खोजेपछि उनको सामान सहितको गाडी विराटनगर भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
भन्सार प्रतिनिधि रौनियारले दोस्रो देश भारतको सामान भन्दै तेस्रो देश चिनको सामान नेपाल भित्र्याउन खोजेपछि जाँच पासको क्रममा भन्सार अधिकृत र जाँचकीले अवैध सामान भन्दै सामान सहितको गाडी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छन् । भन्सार प्रतिनिधि रौनियारले ३ सय ९२ लाइसेन्स नम्बर भएको भन्सार एजेन्ट कृष्ण थापाको आइडीबाट प्रज्ञापन पत्र निकालेका थिए ।
विराटनगर भन्सार कार्यालयले भारतको सामान भन्दै झुक्याएर चिनको सामान नेपाल लान खोजेकोले सामान सहितको गाडी नियन्त्रणमा लिएको जानकारी गराएको छ । पारम्भिक अनुसन्धान क्रममा भन्सार प्रतिनिधि रौनियारले बोलकबोल गरेको साढे ५ लाख रुपैयाँ बराबरको कस्मेटिक सामानमा ८६ हजार रुपैयाँ राजश्व छली गरेको पाइएको विराटनगर भन्सार प्रशासनले जानकारी गराए ।
भारतको तुलनामा चिनमा उत्पादन भएको कस्मेटिक सामान ५० प्रतिशतले सस्तो हुने भएकोले नेपालका व्यवसायी चिनको सामान नेपाल भित्र्याउने गरेका छन् । तर तेस्रो देश चिनबाट आयात गरिएको कस्मेटिक सामानमा भन्सार राजश्व महंगो लाग्ने भएकोले चिनमा उत्पादन भएको सामानलाई भारतीय सामान भन्दै नेपाल भित्र्याइने गरेका छन् ।