- चिरफार डटकम, विराटनगर २४५ पटक हेरिएको
शुक्रबार, मंसिर ०५, २०८२ समय : १५:१३:४७ , २ दिन अगाडि
एम.बि.बि.एस. तर्फ प्रवेश परीक्षाको प्रकाशित नतिजा माथि विराटनगरका तीन कलेजले फरक फरक दाबी गरेका छन् । निजी तर्फ विराटनगरका तीनवटै कलेजले आफूलाई उत्कृष्ट कलेज घोषणा गर्दै एम.बि.बि.एस. तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई नगद रकमले पुरस्कृत गरेका छन् ।
विराटनगरका शिक्षादिप, ग्रिनल्याण्ड र कान्तिपुर कलेजले एम.बि.बि.एस. तर्फको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याएको दाबी गरेका छन् । नगद रकम बाड्ने विषयलाई लिएर तीनवटै कलेज बिच प्रतिस्पर्धा नै चलेको छ । ग्रिनल्याण कलेजले विद्यार्थीलाई दिएको रकम गोप्य राखेका छन् भने शिक्षादिप कलेजले ५१ हजार रुपैयाँले विद्यार्थीलाई पुरस्कृत गरेका छन् ।
कान्तिपुर कलेज, ग्रिनल्याण र शिक्षादिप कलेजलाई पछाडी छोड्दै राशी रकम वृद्धि गर्दै १ लाख १ हजार रुपैयाँले विद्यार्थीलाई पुरस्कृत गरेका छन् । विराटनगरको शिक्षादिप कलेजले २०८२ सालको एम.बि.बि.एस.परीक्षामा छात्रा तर्फ नेपाल प्रथमको दाबी गरेका छन् । शिक्षादिपमा अध्ययन गरेका बिभा नायकले एम.बि.बि.एस. परीक्षामा छात्रा तर्फ नेपाल प्रथमको दाबी गरेकी छिन् ।
शिक्षादिप कलेजले छात्रा तर्फ नेपाल प्रथमको दाबी गरेकी बिभा नायकलाई नगद ५१ हजार रुपैयाँले पुरस्कृत गरे । विराटनगरकै ग्रिनल्याण कलेजका तीन जना विद्यार्थी एम.बि.बि.एस. तर्फको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ग्रिनल्याण कलेजले सबै भन्दा बढी विद्यार्थी नाम निकालेको दाबी गर्दै आफूलाई उत्कृष्ट कलेज घोषणा गरेका छन् ।
कलेजले विद्यार्थीहरूलाई नगद रकमले पुरस्कृत गरे । तर कलेजले विद्यार्थीलाई दिएको नगद रकम गोप्य राखेका छन् । विराटनगरकै कान्तिपुर कलेजका विद्यार्थी राजनारायण महत्तो एम.बि.बि.एस. तर्फको प्रवेश परीक्षामा ३९औं नम्बरमा नाम निकाल्न सफल भएका छन् ।
पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल महत्तोलाई कलेजले शुक्रबार भव्य समारोहको आयोजना गरेर नगद १ लाख १ हजार रुपैयाँले पुरस्कृत गरेका छन् । कलेजका प्रिन्सिपल भेषराज नेपाल (भुवन) ले नियमित तर्फ एम.बि.बि.एस. तर्फको प्रवेश परीक्षामा कान्तिपुर विराटनगरको पहिलो कलेज भएको दाबी गरेका छन् । समग्रमा विराटनगरका तीन कलेजले एम.बि.बि.एस.तर्फको नतिजामा उत्कृष्टताको विषयलाई लिएर फरक फरक दाबी गरेका छन् ।