- चिरफार डटकम, विराटनगर ५६९ पटक हेरिएको
बुधबार, मंसिर २४, २०८२ समय : १६:४४:४६ , १ महिना अगाडि
सरकारले भन्सार एजेन्ट महासंघ नेपालको माँगलाई सम्बोधन गरेको छ । माँग सम्बोधन पछि एजेन्टहरूले बुधबारदेखि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ ।
आन्दोलन फिर्ता सँगै बुधबारदेखि विराटनगर भन्सार कार्यालय सञ्चालनमा आएको छ । विराटनगर भन्सार कार्यालयसँगै देशभरीको भन्सार कार्यालय बुधबारदेखि सञ्चालनमा आएको भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव प्रविण जोशीले बताए ।
विराटनगर भन्सार एजेन्ट सँगका अध्यक्ष देवकिनन्द शर्माका अनुसार सरकारले एजेन्टको माँगलाई सम्बोधन गरेकोले बुधबारदेखि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको बताए । सरकारले ल्याएको भन्सार ऐनका विरुद्ध भन्सार एजेन्ट महासंघ नेपालको आव्हानमा मंगलबारदेखि देशभरीका भन्सार कार्यालय ठप्प भएका थिए ।
एकै दिन आन्दोलनका कारण अरबौँ रुपैयाँ बराबरको राजश्व गुमाएपछि सरकारले बाध्य भएर भन्सार ऐनलाई सम्बोधन गरेर एजेन्टको माँगलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सरकारले ल्याएको भन्सार ऐनका विरुद्ध आन्दोलनरत भन्सार एजेन्टको आन्दोलनलाई विराटनगरको निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले समर्थन गरेका थिए ।