- ब्रह्मदेव यादव, विराटनगर ६५४ पटक हेरिएको
सोमबार, मंसिर २९, २०८२ समय : १३:१७:४१ , ४ महिना अगाडि
२०८२ साल पुस १ गते मंगलबारदेखि विराटनगरमा नानी बाई रो मायरो मारवाडी भाषाको कथा वाचन हुँदैछ । माहेश्वरी महिला मञ्च विराटनगरले कथा वाचनको आयोजना गरेको हो । विराटनगरको मेनरोड स्थित अतिथि सदनमा पुस १ गते मंगलबारदेखि पुस ३ गते बिहीबारसम्म कथा वाचन हुनेछ ।
प्रत्येक दिन दिनको २ बजेदेखि सुरु हुने कथा वाचन साँझ ६ बजेसम्म चल्ने छ । गोवत्स श्री बिठ्ठलजी महाराजले कथा वाचन गर्नेछ । ललिता जाजुले माहेश्वरी महिला मञ्च विराटनगरको अध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेपछि समाज सुधार तथा परिवर्तनका लागि विभिन्न सामाजिक कार्य गर्दै आइरहेका छन् ।
मारवाडी युवा पुस्तादेखि सबै उमेर समूहका व्यक्तिलाई मारवाडी भाषा र इतिहासको बारेमा जानकारी गराउने उद्देश्यका साथ नानी बाई रो मायरो भक्ति र विश्वासको अनौठो मारवाडी कथा वाचनको कार्यक्रम आयोजना गरिएको हो । मारवाडी भाषामा कथा वाचन, प्रवचन, भक्तिकिर्तन र आध्यात्मिक प्रवचन हुनेछ ।
मञ्चका अध्यक्ष ललिता जाजु एशियन थाइफुड्स प्रा.लि.का निर्देशक वरिष्ठ उद्योगी महेश जाजुका भाइ बुहारी हुन् । महेश जाजुका भाई आनन्द जाजुका श्रीमती ललिता जाजु माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष हुन् । र उनको शक्रियतामा मारवाडी भाषाको कथा वाचन हुन लागेको हो ।
माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुलाई सामाजिक कार्यक्रम गर्न उद्योगी महेश जाजु, आनन्द जाजु सहित जाजु परिवारका सदस्यहरूले निरन्तर सहयोग गरिरहेका छन् । उद्योगी महेश जाजुले जेन्जी युवा पुस्तालाई मारवाडी भाषा र इतिहासको बारेमा जानकारी गराउने मुख्य उद्देश्य सहित आध्यात्मिक विकासका लागि मारवाडी भाषाको कथा नानी बाई रो मायरोको आयोजना गरिएको बताए ।