भव्य समारोहका बिच सम्पन्न भयो २१औं वार्षिकोत्सव एवं सामुहिक खिचडी वितरण कार्यक्रम

  • ब्रह्मदेव यादव, विराटनगर ३०४  पटक हेरिएको

आइतबार, माघ ०४, २०८२ समय : १३:२५:५६ , ९ घन्टा अगाडि

जनजाती कल्याण आश्रम, नेपाल आमाको माया छात्रावास विराटनगरको २१औं वार्षिकोत्सव एवं सामुहिक खिचडी वितरण कार्यक्रम भव्य समारोहका बिच सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित जनजाती कल्याण आश्रम, नेपाल आमाको माया छात्रावास विराटनगर शाखाको प्राङ्गणमा शनिबार आयोजित कार्यक्रममा सबै क्षेत्र, तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

जनजाती कल्याण आश्रम, नेपाल आमाको माया छात्रावास विराटनगर शाखाका सचिव एवं कार्यवाहक अध्यक्ष मनोज मुन्दडाको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्च विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया रहेका थिए ।

जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय उपाध्यक्ष कमल राजवंशी हिन्दु स्वयंसेवक संघ कोशी सम्भागका संघचालक सियाराम प्रसाद रौनियार, कथावाचिका साध्वी सावित्री बाई, श्री हरि सत्संग समिति नेपालका केन्द्रीय अध्यक्ष भिखमचन्द सरल छात्रावासका जग्गा दाता बेनिगोपाल मुन्दडा, आदिवासी जनजाति महासंघ विराटनगर महानगर समितिका अध्यक्ष सुरेशसिंह गनगाई, विराटनगर–७ का वडाध्यक्ष मधुबाबु तिवारी, उद्योगी बासुदेव गोलियान विराटनगर जेसिजका अध्यक्ष कविराज दाहाल, आश्रमका सहयोगी प्रेमलता जैन र सुशिल रिजाल, आश्रमका आलु प्याज सहयोग दाता पशुपति भगत, आश्रमका हरियो तरकारी सहयोग दाता त्रिलोक भगत, जनजाति कल्याण आश्रम, नेपाल आमाको माया छात्रावासका निवर्तमान अध्यक्ष तथा आश्रमका राष्ट्रिय सचिव मदनकुमार साह, आश्रमका विराटनगर शाखाका संस्थापक सचिव शिवरतन शर्मा जोशी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति राजश्व परामर्श समितिका संयोजक देवकिनन्दन अग्रवाल, माहेश्वरी समाज विराटनगरका अध्यक्ष मुकेशकुमार राठी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, रोटरी क्लब अफ विराटनगर मिड टाउनका अध्यक्ष घनश्याम काबरा, काली मन्दिर विराटनगरका अध्यक्ष डा. मिनाक्षी नेपाल, गीता मन्दिर विराटनगरका अध्यक्ष श्रवण अग्रवाल, उद्योगी एवं समाजसेवी नन्दकिशोर राठी, चम्पालाल राठी, कार्यक्रमका मुख्य संयोजक गोविन्द पोखरेल कार्यक्रममा सहभागिता जनाएका थिए ।

जनजाति कल्याण आश्रम नेपालका महासचिव प्रेम फुलुङले २३ वर्षको अवधिमा ५ सय भन्दा बढी विद्यार्थीहरू अध्ययन पुरा गरेको र ३ सय भन्दा बढी विद्यार्थी छात्रावासमा अध्ययनरत रहेको बताए ।

जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रावास विराटनगर शाखाका सचिव एवं कार्यवाहक अध्यक्ष मनोज मुन्दडाले पढ्ने अवसर नपाएका जनजातिका बच्चालाई पढाउने काम संस्थाले गरिरहेको बताए ।

छात्रावासमा १ विद्यार्थीलाई पढ्न बस्न र खानका लागि प्रत्येक वर्ष ६० देखि ७० हजार रुपैयाँ खर्च लाग्ने गरेको बताए । तर १ जना विद्यार्थीलाई पढाउन चाहने दाताबाट प्रत्येक वर्ष आश्रमले २५ हजार रुपैयाँ मात्र लिने गरेको बताए ।