पञ्चमुखी हनुमान मन्दिरमा नयाँ नेतृत्व

  • चिरफार डटकम, विराटनगर ६२४  पटक हेरिएको

सोमबार, माघ ०५, २०८२ समय : १७:१३:३१ , ३ महिना अगाडि

विराटनगर महानगरपालिकाको वडा नं. ९ बुधहाट चौक स्थित पञ्चमुखी हनुमान मन्दिरमा नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्वको कार्यकाल ५ वर्षको रहने छ ।

सोमबार सम्पन्न मन्दिर सञ्चालक समितिको साधारण सभाले राकेशकुमार साहलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष राकेशकुमार साह मन्दिर सञ्चालक समितिका पूर्वअध्यक्ष भगवानलाल साहका छोरा हुन् ।

साधारण सभाले जुगलकिशोर राठी, पशुपति भगत र दिनेशकुमार साहलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको हो । विराटनगर–९ ठाकुरवाडी रोड स्थित गोल्ड सिल्भर मार्टका सञ्चालन सुन, चाँदी व्यवसायी जुगलकिशोर राठी लामो समयदेखि मन्दिर सञ्चालक समितिको उपाध्यक्ष रहेका छन् ।

विराटनगर–११ स्थित नयाँ गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष आलु, प्याज व्यवसायी पशुपति भगतलाई यस पटक मन्दिर सञ्चालक समितिको उपाध्यक्ष पदको जिम्मेवारी दिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सह-प्रवक्ता दिनेशकुमार साहलाई मन्दिर सञ्चालक समितिको तेस्रो उपाध्यक्ष पदको जिम्मेवारी दिइएको छ ।

मुक्तेश्वरप्रसाद साहलाई सचिव, राकेशलाल कर्णलाई सह–सचिव र मनिष साहलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिइएको छ । नारायण कामत, विनोदकुमार साह, अर्जुनप्रसाद साह, लक्ष्मी सहनी मुखिया, सविता घिमिरे र धमेन्द्रकुमार गुप्तालाई मन्दिर सञ्चालक समितिको सदस्य रहेका छन् ।

मन्दिर सञ्चालक समितिका पूर्वअध्यक्ष भगवानलाल साहलाई सल्लाहकार समितिको संयोजक तथा प्रह्लादप्रसाद साह, प्रह्लादकुमार साह, आमोद झा, त्रिलोकी भगत, दशरथ पासवान, अम्बिकाप्रसाद मण्डल, राजिव साह र बैजुबासुकी साह सल्लाहकार समितिको सदस्य रहेका छन् ।