- चिरफार डटकम, विराटनगर ३९६ पटक हेरिएको
आइतबार, साउन २४, २०८३ समय : १७:१७:०५ , १२ घन्टा अगाडि
आदर्श निर्माण मन्दिर विराटनगरले स्वर्ण जयन्ती महोत्सवमा पूर्वअध्यक्षहरुलाई सम्मान गरेका छन् । आदर्श निर्माण मन्दिरले शनिवार विराटनगरमा आयोजना गरेको स्वर्ण जयन्ती महोत्सवमा पूर्वअध्यक्षहरुलाई सम्मान गरेको हो ।
वि.सं. २०३२ सालमा स्थापना भएको संस्था २०८३ सालमा आइपुग्दा १९ जना पूर्वअध्यक्षहरुले संस्थाको नेतृत्व गरेका छन् । पूर्वअध्यक्ष पवन कन्दोईले २०५८ देखि २०५९ र २०६१ देखि २०६३ गरी दुई कार्यकाल संस्थाको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् ।

संस्थाको नेतृत्व गर्ने सबै पूर्वअध्यक्षहरुलाई शनिवार स्वर्ण जयन्ती महोत्सवमा सम्मान गरिएको छ । आदर्श निर्माण मन्दिर विराटनगरका अध्यक्ष शिवरतन शर्मा जोशीले पूर्वअध्यक्षहरु लक्ष्मण नेवटीया, विजय कुमार राठी, विजयकुमार चौधरी, कृष्णकुमार शर्मा, महेशकुमार जोशी, शम्भुलाल शर्मा, जितेन्द्रकुमार राठी, विमलकुमार अग्रवाल, ताराचन्द अग्रवाल, श्याम भण्डारी, मनोजकुमार अग्रवाल, पवन कन्दोइ, शुभाषप्रसाद रिजाल, कमलकिशोर राठी, दिलिप अटल, दिनबन्धु गोयल, अरुण अग्रवाल र सुरेशप्रसाद अग्रवाललाई सम्मान गरिएको छ ।
आदर्श निर्माण मन्दिर विराटनगरका अध्यक्ष शिवरतन शर्मा जोशी, उपाध्यक्ष राजेश अग्रवाल र मुकेश सोनी, महासचिव प्रेम पारख, सचिव जितेन्द्र कांसरिया र कोषाध्यक्ष प्रविण अग्रवालले पूर्वअध्यक्ष र उनका परिवारलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।
आदर्श निर्माण मन्दिर विराटनगर ५० वर्ष पुरा गरेको अवसर पारेर हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा स्वर्ण जयन्ती महोत्सवको आयोजना गरेका थिए ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी राजन सापकोटाले आदर्श निर्माण मन्दिर आदर्श समाज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा लागुऔषध र मादकपदार्थ सेवनबारे सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।