- चिरफार डटकम, विराटनगर १४२ पटक हेरिएको
शुक्रबार, भाद्र ०५, २०८३ समय : १७:२८:४० , ४ घन्टा अगाडि
विराटनगरमा चिनीको अभाव छ । कारोबारीहरू चिनी अभावको फाइदा उठाउँदै बढी रकम लिएर चिनी बिक्री गरिरहेको छ । नेपाल सरकारले चिनीको मूल्य प्रति केजी १ सय रुपैयाँ तोकेको छ । तर बजारमा प्रति केजी १ सय २० रुपैयाँमा चिनी बिक्री भइरहेको छ ।
चिनी उत्पादन गर्ने उद्योग इस्टर्न सुगर मिल्स लि. सुनसरीले थोक मूल्य प्रति केजी १ सय १५ देखि १ सय १६ रुपैयाँसम्म लिएर चिनी बिक्री गरिरहेको छ । तर चिनी मिल्सले प्रति केजी ९७ देखि ९८ रुपैयाँमा चिनी बिक्री गरेको बिल दिएर कालोबजारी गरिरहेको कारोबारीहरूले जानकारी गराइरहेका छन् ।
राज्य यस तर्फ मौन छ । र कालोबजारीहरु महँगो मूल्यमा चिनी बिक्री गरेर मालामाल भइरहेका छन् । मोरङ उद्योग व्यापार संघ विराटनगरका वरिष्ठ उपाध्यक्ष अनिल साहले सरकारले तोकेको मूल्य भन्दा चिनी मिल्सले बढी मूल्य लिएर चिनी बिक्री गर्न नपाउने बताए ।
यदि चिनी उत्पादन गर्ने सुगर मिल्सलाई मार्का परेको छ भने सरकार सँग वार्ता र सम्वाद नगरी कालोबजारी गर्न पाइँदैन ।
कालोबजारी गर्ने इस्टर्न सुगर मिल्सदेखि कालोबजारीमा संलग्न कारोबारीलाई राज्यले कारबाही गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष साहले बताए ।
विराट व्यापार संघका उपाध्यक्ष प्रविण अग्रवालले सरकारले तोकेको मूल्यमा बजारमा चिनी नपाइने तर कालोबजारीहरूले महँगो मूल्यमा चिनी बिक्री गरिरहेकोले राज्यले त्यस्ता कालो बजारी गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए ।