अरनिको कलेजले रसुवाका बाढीपीडित परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्‍यो

  • चिरफार डटकम, विराटनगर ९८  पटक हेरिएको

बुधबार, भाद्र १७, २०८३ समय : १७:४३:०४ , ३ घन्टा अगाडि

प्लस टु तर्फ कोशी प्रदेशको सबै भन्दा ठुलो शिक्षण संस्था अरनिको कलेज विराटनगरले रसुवा जिल्लाको बाढीपीडित परिवारलाई नगद १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले अरनिको कलेजका सञ्चालक तथा प्रिन्सिपल राजेश कार्की, सञ्चालन तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, सञ्चालकहरू भरतराज दाहाल, निलमकुमार अधिकारी, विकास खनाल, उमेन्द्र विकास लुईंटेल, डा. भविन्द्र निरौला र शैलेशकुमार झाले उच्च शिक्षालाई तथा माध्यमिक शिक्षा संघ नेपाल (हिसान नेपाल) मोरङका अध्यक्ष अमित ढकाल र कोशी प्रदेश सचिव दिपेश बस्तोला मार्फत १० लाख रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधवार हस्तान्तरण गरेका थिए ।

अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीले कलेज व्यवस्थापन समिति, शिक्षक र कर्मचारीको सहयोगबाट प्राप्त १० लाख रुपैयाँ रसुवाको बाढीपीडित परिवारलाई सहयोग गरेको बताए ।