कवित कटवालको ठाउँमा दिलीप गिरी मोरङका प्रहरी प्रमुख

  • चिरफार डटकम, विराटनगर १४२  पटक हेरिएको

बुधबार, मंसिर ०९, २०८३ समय : १६:५९:१८ , ७ घन्टा अगाडि

मोरङका प्रहरी प्रमुख एसपीको जिम्मेवारी दिलिपकुमार गिरीको काँधमा पुगेको छ । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालको स्थान एसपी दिलीप गिरीले लिएको छ ।

नेपाल सरकार, गृह मन्त्रालयले देशभरीका ६० जना एसपीको सरुवा गर्दा साइबर ब्यूरो शाखा काठमाडौँमा कार्यरत दिलीप गिरीलाई मोरङ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

१ वर्षदेखि मोरङ प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका एसपी कवित कटवालको प्रहरी प्रधान कार्यालय काठमाडौँमा सरुवा भएको छ ।

विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा मोटो परिमाणमा नगद सहित सुन र चाँदी रहेको गोप्य सूचनाको आधारमा छापा मार शैलीमा छापा मार्दा प्रहरीको सूचना तन्त्र फेलियर भइदिदा एसपी कवित कटवालको काम गराई शैली माथि प्रश्न उठेको थियो ।

एसपी कटवाल छापा मार्दा केही नभेटे पछि उद्योगी मुन्दडालाई क्लीन चिट दिएर रित्तो हात फर्केका थिए ।