विराटनगरमा इन्क्युबेसन सेन्टरको स्थापना

  • चिरफार डटकम, विराटनगर २२८  पटक हेरिएको

मंगलबार, आषाढ ०३, २०८२ समय : १८:३४:४७ , ७ घन्टा अगाडि

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले युवाहरूलाई परामर्श, तालिम र त्यसपछि रोजगारी दिने गरी विराटनगरमा इन्क्युबेसन सेन्टरको स्थापना गरेका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको विराटनगरस्थित बरगाछी चौकमा रहेको कार्यालय परिसरमै इन्क्युबेसन सेन्टरको स्थापना गरिएको छ ।

सङ्घीय सांसद एवं पूर्व रक्षामन्त्री हरि उप्रेतीले इन्कयूवेशन सेन्टरको उद्घाटन गरेका छन् । सङ्घीय सांसद एवं पूर्व रक्षमन्त्री उप्रेतीले युवालाई लक्षित गरेर नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले स्थापना गरेको इन्क्युबेसन सेन्टर मार्फत स्वदेशमै रोजगार उपलब्ध गराउने वातावरण तयार भएको बताए ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका संस्थापक अध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मुनन रिजाल सहित परिसंघ युवा  उद्यमी मञ्चका पदाधिकारी एवं सदस्यहरू इन्क्युबेसन सेन्टरको उद्घाटन समारोहमा सहभागी थिए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य उद्योगी पवनकुमार सारडाले युवा शक्तिको विदेश पलायन रोक्न र स्वदेशमै रोजगार उपलब्ध गराउने उद्देश्यका साथ इन्क्युबेसन सेन्टरको स्थापना गरिएको बताए ।