विराटनगर महानगरपालिकाको आम्दानी भन्दा खर्च बढी

  • ब्रह्मदेव यादव, विराटनगर ४६१  पटक हेरिएको

मंगलबार, आषाढ १०, २०८२ समय : १४:३४:१३ , १ हप्ता अगाडि

विराटनगर महानगरपालिकाको आम्दानी भन्दा खर्च बढी छ । कोशी प्रदेशको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकाको आम्दानी भन्दा खर्च बढी देखिएपछि संघीय र प्रदेश सरकारले यसको भार व्यहोर्नु पर्ने अवस्था श्रृजना भएको छ । विराटनगर महानगरपालिकाले मंगलबार १६औं नगर अधिवेशन मार्फत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा आम्दानी भन्दा खर्च बढी देखाएको छ ।

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा (साउनदेखि जेठ) आन्तरिक श्रोतबाट ४४ करोड रुपैयाँ सङ्कलन गरेका छन् । विराटनगर महानगरपालिकाले प्रत्येक महिना ४ करोड रुपैयाँका दरले आन्तरिक श्रोतबाट रकम सङ्कलन गरिरहेका छन् ।

अब असार महिनामा आन्तरिक श्रोतबाट ४ करोड रुपैयाँ सङ्कलन हुन बाँकी छ । र पुरै आर्थिक वर्षमा विराटनगर महानगरपालिकाले आन्तरिक श्रोतबाट ४८ करोड रुपैयाँ आम्दानी गर्न सक्छ । तर विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि कार्यालय सञ्चालन र प्रशासनिक खर्चका लागि ६५ करोड रुपैयाँ विनियोजन गरेका छन् । जुन १७ करोड रुपैयाँ अपुग बजेट हो ।

कोशी प्रदेशको राजधानी त्यसमा पनि प्रदेशको एक मात्र महानगरपालिका स्थानीय सरकार विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी भन्दा खर्च बढी भइरहेको छ । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजश्व तर्फ १ अर्ब १० करोड रुपैयाँ असुली गर्ने लक्ष्य राखेकोमा लक्ष्य अनुसार राजश्व उठाउन सकिरहेको छैन ।विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।

विराटनगर महानगरपालिकाले १६औं नगर अधिवेशनमा नगर प्रहरीमा कार्यरत प्रहरी हवलदार शम्भुप्रसाद घिमिरेलाई एक तह बढुवा गरेर पुरस्कृत गरेका छन् । २०७६ वैशाखदेखि विराटनगर महानगरपालिकाको नगर प्रहरीमा हवलदारको रुपमा कार्यरत घिमिरेलाई विराटनगर महानगरपालिकाले प्रहरी सहायक निरीक्षकमा बढुवा गरेको छ ।

घिमिरे विराटनगर महानगरपालिका क्षेत्रमा भेटिने गरेको सर्पलाई नियन्त्रणमा लिएर व्यवस्थापन गरिरहेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले घिमिरेलाई पुरस्कृत गर्दै दर्जा चिन्ह प्रदान गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित