
- चिरफार डटकम, विराटनगर ३०४ पटक हेरिएको
मंगलबार, आषाढ १७, २०८२ समय : १४:१३:१८ , ९ घन्टा अगाडि
रोटरी क्लब अफ विराटनगर मिडटाउनले विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित श्री सत्यनारायण आधारभूत विद्यालयमा वृक्षारोपण सहित खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर मिडटाउन २५ वर्षमा प्रवेश गरेको छ । क्लबले सन् २०२५/०२६ लाई सिल्भर जुबली वर्ष मनाउने तयारी गरेको छ ।
माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी एवं समाजसेवी घनश्याम काबरा रोटरी क्लब अफ विराटनगर मिडटाउनको सन् २०२५/०२६ को लागि अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष पदको जिम्मेवारी सम्हाले लगत्तै काबराले पहिलो कार्यक्रम गर्दै श्री सत्यनारायण आधारभूत विद्यालयमा मंगलबार वृक्षारोपण सहित खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।
श्री सत्यनारायण आधारभूत विद्यालय महिला मैत्री विद्यालय हो । बाल कक्षादेखि कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा शिक्षकदेखि पिउनसम्म सबै महिला कर्मचारी रहेका छन् ।
रोटरी क्लब अफ विराटनगर मिडटाउका अध्यक्ष घनश्याम काबरा, क्लबका पूर्वअध्यक्ष एवं मेन्टर रामअवतार अग्रवाल, क्लबका पूर्वअध्यक्ष घनश्याम राठी, जुगलकिशोर राठी, रामकुमार श्रेष्ठ, सचिव संजय बंशल, बोर्ड मेम्बर अशोक सोमानी र राजनीतिक एवं समाजसेवी फुलकुमार लालवानीले श्री सत्यनारायण आधारभूत विद्यालयका प्रिन्सिपल रेखा पराजुलीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए ।
क्लबका अध्यक्ष, पूर्वअध्यक्ष, बोर्ड मेम्बर र विद्यालयका शिक्षकहरूले विद्यालयका प्राङ्गणमा विभिन्न जातका बिरुवा वृक्षारोपण गरेका थिए ।