शिक्षादीपमा ७ सय ५० सिटका लागि २ हजार भन्दा बढिले दिए प्रवेश परीक्षा

  • चिरफार डटकम, विराटनगर ५२९  पटक हेरिएको

बुधबार, आषाढ १८, २०८२ समय : १५:१८:२३ , २३ घन्टा अगाडि

विराटनगरको शिक्षादीप कलेजमा विज्ञान संकाय तर्फ ७ सय ५० सिटका लागि २ हजार भन्दा बढी विद्यार्थीले बुधबार प्रवेश परीक्षा दिएका छन् । शिक्षादीपमा कक्षा ११ अध्ययनका लागि विज्ञान संकाय तर्फ २ हजार भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी गराए ।

कोशी प्रदेश, मधेस प्रदेश कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको जुम्लाका विद्यार्थीले प्रवेश परीक्षा दिएको प्रिन्सिपल खड्काले जानकारी गराए ।

कोशी प्रदेशको राजधानी विराटनगरको शिक्षादीप कलेजमा कोशी र मधेस प्रदेश बाहेक पहिलो पटक कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको जुम्लाका विद्यार्थीले अध्ययन गर्ने इच्छा जाहिर गरेर प्रवेश परीक्षामा सहभागिता जनाएका हुन् ।

शिक्षादीपक कलेजको २१ कोठे ४ तल्ले सुविधा सम्पन्न भवनमा विज्ञान संकाय तर्फ कक्षा ११ तर्फ विज्ञान विषय अध्ययनका लागि १० वटा कोठा छुट्याइएको छ । बिहान र दिउँसो गरी २ सिफ्टमा अध्ययनका लागि ७ सय ५० विद्यार्थीलाई मात्र भर्ना लिने गरी भर्ना अभियान सुरु भइसकेको प्रिन्सिपल खड्काले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित