“तीजलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ”

  • ब्रह्ममदेव यादव, विराटनगर ३५७  पटक हेरिएको

शनिबार, साउन १७, २०८२ समय : १८:३१:१२ , २२ घन्टा अगाडि

विराट व्यापार संघको केन्द्रिय कार्यालय विराटनगरले हिन्दु महिलाहरूको तीज पर्वलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी रहेको कुरामा जोड दिएका छन् ।

संघको महिला उद्यम समितिले शनिबार विराटनगरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा अध्यक्ष अंशु बंजराले तीज पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने कुरामा जोड दिए । अध्यक्ष बंजराले भने– जसरी क्रिसमसको अन्तर्राष्ट्रियकरण भयो ठिक त्यसै गरी तीजको अन्तर्राष्ट्रियकरण हुन जरुरी छ ।

विराट व्यापार संघका कार्यसमिति सदस्य रमा श्रेष्ठलाई संयोजिका बनाएर तीज कार्यक्रम आयोजना गरिएको थियो । संयोजिका श्रेष्ठले भव्य कार्यक्रमको आयोजना गरेर तीज मनाए । समाजसेवी मिना श्रेष्ठ तीज कार्यक्रमको प्रमुख अतिथि रहेका थिए ।

संघका निवर्तमान अध्यक्ष नरेश खत्रीले आफ्नो कार्यकालमा सुरु भएको तीज कार्यक्रमलाई वर्तमान अध्यक्ष अंशु बंजराले निरन्तरता दिएकोमा खुसी व्यक्त गरे ।

संघका उपाध्यक्ष सरस्वती दाहाल ओझा, उपाध्यक्ष मनोहर कार्की, कोषाध्यक्ष सोनु गुरुङ, कार्यसमिति सदस्य अशोक पौदार, संघका कार्यकारी अधिकृत धरणिधर निरौला, संघका कार्यालय सचिव कृष्णा गौतम कार्यक्रममा सहभागी थिए ।

विराट व्यापार संघका पदाधिकारी, पदाधिकारीका पारिवारिक सदस्य, संघका महिला उद्यम समितिका पदाधिकारी र सदस्यहरू तीज कार्यक्रममा सहभागिता जनाउँदै विभिन्न गीत र नृत्यमा नाचगान गरेर रमाइलो गरेका थिए ।