विराटनगरमा तोडफोड र आगजनी

  • ब्रह्ममदेव यादव, विराटनगर २४५  पटक हेरिएको

मंगलबार, भाद्र २४, २०८२ समय : १४:१४:२५ , ११ घन्टा अगाडि

जेन–जी युवा पुस्ताले विराटनगरमा तोडफोड र आगजनी गरेका छन् । सोमबार १९ जना विद्यार्थीलाई गोली हानेर मारेपछि राजसत्ताका विरुद्ध जेन–जी युवा पुस्ता सडकमा उत्रिएका छन् ।

मङ्गलवार बिहानैदेखि सडकमा उत्रिएका युवा पुस्ताले विराटनगर स्थित आन्तरिक राजश्व कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । तोडफोड र आगजनीका कारण आन्तरिक राजश्व कार्यालय विराटनगरमा ठुलो धनराशिको क्षति भएको छ ।

आन्दोलनकारी युवा पुस्ताले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । आन्दोलनकारी युवा पुस्ताले कोशी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा रहेको २ वटा गाडी र ७ वटा मोटरसाइकल जलाइदिएका छन् ।

आन्दोलनकारी युवा पुस्ताले विराटनगरस्थित नेकपा एमालेको मोरङ जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । विराटनगरका सडकमा रहेका ट्राफिक प्रहरी बिटदेखि ब्यानर, होर्डिङ बोर्ड र सिसी टिभी क्यामरामा तोडफोड र आगजनी गरेका छन् ।

विराटनगर बजार मङ्गलवार बिहानैदेखि स्वतस्फुर्त  रूपमा बन्द भएका छन् । र आन्दोलनकारी युवा पुस्ताले सडकमा आन्दोलन गरिरहेका छन् । नेकपा “ एकीकृत समाजवादी” का केन्द्रीय सदस्य ओशिम आलम, पार्टी भाडमा जाओस् भन्दै जेन–जी युवा पुस्ताको आन्दोलनमा सहभागी भएका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री कृति शर्मा ओली विरुद्ध युवा पुस्ता आक्रामक देखिएका छन् । र उनी विरुद्ध सडकमा उत्श्रृखल नाराबाजी गरिरहेका छन् ।

नेपालमा अहिलेसम्म भएको आन्दोलन मध्ये जेन–जी युवा पुस्ताको यो नै सबैभन्दा ठुलो आन्दोलन हो । २०६२/०६३ को मधेस विद्रोह र २०६३ को जनआन्दोलनलाई जेन–जी युवा पुस्ताको आन्दोलनले पछाडि छोडेको छ ।