- ब्रह्मदेव यादव, विराटनगर १९९ पटक हेरिएको
शुक्रबार, मंसिर ०५, २०८२ समय : १७:४६:५१ , २ दिन अगाडि
मोरङ जिल्लामा मतदाताको संख्या ७ लाख ८५ हजार ५ सय ९० पुगेको छ । मोरङमा यस अघि ७ लाख ४१ हजार ७ सय ५५ मतदाता संख्या रहेका थिए । नेपाल सरकारले २०८२ असोज १० गतेदेखि मंसिर ५ गतेसम्मको समय अवधिमा ४३ हजार ८ सय ३५ जना नयाँ मतदाताको आवेदन लिएका छन् । जसको कारण मतदाताको संख्या बढेर ७ लाख ८५ हजार ५ सय ९० पुगेको छ ।
कोशी प्रदेशका निर्वाचन अधिकारी चोलाराज दंगालले २०८२ असोज १० गतेदेखि मंसिर ५ गतेसम्मको समय अवधिमा मोरङमा ४३ हजार ८ सय ३५ जना नयाँ मतदाताले आवेदन दिएको बताए । १६ हजार ४ सय ८ जना मतदाताले कोशी प्रदेशको निर्वाचन कार्यालय विराटनगरबाट आवेदन दिएका छन् । राष्ट्रिय परिचय पत्रको आधारमा २७ हजार ४ सय २७ जना मतदाताले घरबाटै आवेदन दिएको निर्वाचन अधिकारी दंगालले बताए ।
जेन्जी आन्दोलन पछि प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा गठन भएको चुनावी सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मिति तोकेको छ । उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समावेश गराउन सरकारले मतदाता आवेदन फारमको आवहान गरेका थिए ।