- चिरफार डटकम, विराटनगर ५४७ पटक हेरिएको
मंगलबार, पुष ०१, २०८२ समय : १७:५३:१४ , ४ महिना अगाडि
मोरङ उद्योग व्यापार संघले विराटनगरमा आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पो २०८२ को एक्स्पो स्थल क्रिकेट मैदान जस्तो तयार भएको छ ।
मोरङ उद्योग व्यापार संघले यही पुस ९ देखि १९ गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फको खुल्ला मैदानमा विराट ट्रेड एक्स्पो आयोजना गर्न लागिएको छ ।

मोरङ उद्योग व्यापार संघले विराटनगरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको विराट ट्रेड एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर २ सय ३० देखि २ सय ४० स्टल रहने छ । र स्टल निर्माणका लागि आवश्यक सामग्री झार्ने काम सुरु भएको छ ।
विराट ट्रेड एक्स्पोमा सहभागिता जनाउने गरी उद्योगी तथा व्यापारी क्षेत्रले ९० प्रतिशत स्टल बुक गरिसकेका छन् । जसमध्ये २७ वटा विदेशी स्टल बुक भएको संघका सचिव तथा विराट ट्रेड एक्स्पोका संयोजक अमित सारडाले जानकारी गराए ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले विराट ट्रेड एक्स्पोमा रहने स्टलको सुरक्षालाई ध्यानमा राखेर सिमेन्टको कम्पाउण्ट वालको निर्माण कार्य सुरु भएको बताए ।