- चिरफार डटकम, विराटनगर १०९ पटक हेरिएको
सोमबार, पुष १४, २०८२ समय : १६:३६:२४ , ६ घन्टा अगाडि
राउण्ड टेबल नेपालले सोमबार श्री सरस्वती सदन आधारभुत विद्यालयका ५५ जना विद्यार्थीलाई विराट ट्रेड एक्स्पोको अवलोकन गराएका छन् । श्री सरस्वती सदन आधारभुत विद्यालय बुढीगंगा गाउँपालिका स्थित निमुवामा रहेको विद्यालय हो ।
राउण्ड टेबल नेपालले “फुलफिल अ विश” अभियान अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई विराट ट्रेड एक्स्पोको अवलोकन गराएको हो ।
विद्यार्थीहरूलाई व्यापार, उद्योग र उद्यमशीलताका बारेमा व्यवहारिक ज्ञान दिलाउन विराट ट्रेड एक्स्पोको अवलोकन गराइएको राउण्ड टेबल नेपालका कार्यक्रम संयोजक सौरभ गोल्छाले जानकारी गराए ।
राउण्ड टेबल नेपालका अध्यक्ष दिवस सुवेदीले विराट ट्रेड एक्स्पोमा सोमबार साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड विषयक आयोजित सेमिनारमा विद्यार्थीहरूलाई सहभागी गराएको बताए ।
मोरङ उद्योग व्यापार संघले पुस ९ देखि १९ गतेसम्मका लागि विराटनगरमा विराट ट्रेड एक्स्पोको आयोजना गरेको हो । मोरङ उद्योग व्यापार संघले विद्यार्थीहरूलाई निःशुल्क रूपमा विराट ट्रेड एक्स्पो अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।
जसको कारण प्रत्येक दिन विभिन्न विद्यालयका संयौं विद्यार्थी पोशाकमा विराट ट्रेड एक्स्पोको अवलोकन गरिरहेका छन् ।