- ब्रह्मदेव यादव, विराटनगर १६३ पटक हेरिएको
मंगलबार, पुष १५, २०८२ समय : १४:२२:२४ , १३ घन्टा अगाडि
अग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर मारवाडी युवा मञ्चले बुधबार विराटनगरमा नयाँ वर्षमा फन-फिस्टा कार्यक्रम आयोजना गर्न लागेको छ ।
विराटनगरको मेनरोड स्थित जैन श्वेताम्बर तेरापंथी सभा भवनको प्राङ्गणमा बुधबार साँझ नव उत्सव नयाँ वर्षमा फन-फिस्टा कार्यक्रम आयोजना गर्न लागेको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले जानकारी गराएका छन् ।

नयाँ वर्षमा फन-फिस्टा कार्यक्रममा भारतको सिलीगुडीका डिजे म्यूजिशियन मंजीत सिंहको प्रस्तुति रहने छ । यस बाहेक विराटनगरको भाइरल डान्स समूहका कलाकार तथा टोडलर्स स्कुलका बालबालिकाहरूको सांस्कृतिक प्रस्तुति रहने छ ।
कार्यक्रम हेर्नका लागि आयोजक मारवाडी युवा मञ्च विराटनगरले २ सय रुपैयाँको टिकट दर कायम गरेको छ । मदिरा निषेधित पूर्ण पारिवारिका कार्यक्रममा दर्शकले साङ्गीतिक सांस्कृतिक कार्यक्रमका लागि खरिद गरेको २ सय रुपैयाँको टिकटमा लक्की ड्र मार्फत विजेताले फ्रिज र उपविजेताले ग्यास गिजर उपहार प्राप्त गर्नेछ ।
कार्यक्रम स्थलमा मनोरञ्जनका लागि फुड स्टल राखिने छ । जहाँ दर्शकले हाउजी तम तोलामा रमाउँदै विभिन्न खानेकुराको आनन्द लिन पाउने छन् । मारवाडी युवा मञ्च विराटनगरले साङ्गीतिक सांस्कृतिक कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न मनोज सोनीलाई संयोजक तथा जितेन्द्रकुमार बोथरा र योगेश अग्रवाललाई सह-संयोजकको जिम्मेवारी दिएको छ ।
मारवाडी युवा मञ्च विराटनगरले मारवाडी युवा दिवसको अवसर पारेर सत्ता व्यापी कार्यक्रम आयोजना गर्न लागेको छ । सत्ता व्यापी कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ नयाँ वर्षको अवसर पारेर नयाँ वर्षमा फन-फिस्टा कार्यक्रम आयोजना गर्न लागेको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले जानकारी गराए ।
मारवाडी युवा मञ्च विराटनगरले युवा दिवसको अवसरमा बुधबार विराटनगरको जैन भवनमा फन-फिस्टा सांस्कृतिक कार्यक्रम, बिहीबार तीनपैनी चौकमा टोपी दिवस कार्यक्रम, शुक्रबार ट्राफिक चौकमा शान्ति पद यात्रा कार्यक्रम, शनिबार सुनसरीको प्रकाशपुरमा मारवाडी युवा बिच वनभोज कार्यक्रम, आइतबार ट्राफिक प्रहरीलाई रिफ्लेक्टिव लाइट रिबन हस्तान्तरण कार्यक्रम रहेको छ ।
आइतबार राती विराटनगर महानगरपालिका क्षेत्रमा रहेको अस्पताल आसपास न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताइ रहेका व्यक्तिलाई न्यानो कम्मल वितरण कार्यक्रम रहेको छ । सोमबार विराटनगरको रामजानकी मन्दिरमा रक्तदान कार्यक्रम सँगै भक्का आनन्द कार्यक्रम रहेको छ ।
सत्ता व्यापी कार्यक्रमको अन्तिम दिन मंगलबार बिहान ८ बजे विराटनगरको हाटखोला स्थित परमविश्रान्ती स्थलमा नेत्र दान जागरूकताको लागि ब्यानर लगाउने र साँझ विराटनगर–३ स्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई मिष्टान्न भोजन गराउने कार्यक्रम रहेको सत्ता व्यापी कार्यक्रमका संयोजक पवन पंकज पारखले जानकारी गराए ।