- चिरफार डटकम, विराटनगर ८४ पटक हेरिएको
बिहिबार, साउन १४, २०८३ समय : १५:२५:१७ , १ घन्टा अगाडि
सुनसरी जिल्लाको देवानगंज गाउँपालिकामा दुई समुदाय बिच भएको भिडन्तपछि सशस्त्र प्रहरीले गोली चलाएको घटनामा मर्नेको संख्या २ पुगेको छ ।
सशस्त्र प्रहरीले साउन १० गते आइतबार राती ९ः३० बजे देवानगंज गाउँपालिकाको वडा नं. ३ स्थित कप्तानगंजमा गोली चलाउँदा देवानगंज ४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो ।
सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना घाइते भएका थिए । विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको देवानगंज–३ का २१ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ ।
न्यूरो अस्पतालले बिहीबार १ः३० बजे मेहतालाई मृक्त घोषणा गरेका थिए । पेटमै गोली लागेर उपचार गराइ रहेका देवानगंज–३ का अनिल मेहताको अवस्था नाजुक छ ।
गोली लागेर घाइते भएकाहरूको नोबेल, विराट र न्यूरो अस्पतालमा उपचार भइरहेको छ । सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव अस्पतालमै रहेको छ ।