विकास पत्रकारिताबारे सञ्चारकर्मीलाई विज्ञ बनाउँदै कोशी प्रदेश सरकार

  • चिरफार डटकम, विराटनगर ४८०  पटक हेरिएको

मंगलबार, पुष २९, २०८२ समय : १६:३९:३० , ३ महिना अगाडि

कोशी प्रदेश सरकार विकास पत्रकारिताबारे सञ्चारकर्मीलाई विज्ञ बनाउने गरी एक दिने तालिम सम्पन्न गरेका छन् ।

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा दरबार मिडिया नेटवर्क प्रा.लि. ले मंगलबार विराटनगरमा विकास पत्रकारिता बारे विज्ञ बनाउन सञ्चारकर्मीका लागि एक दिने तालिमको आयोजना गरेका थिए ।

सुनसरी र मोरङका २५ भन्दा बढी सञ्चारकर्मीहरू विकास पत्रकारिता तालिममा सहभागी भएका थिए । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका पत्रकारिता विषयका प्राध्यापक वरिष्ठ पत्रकार महाप्रसाद खतिवडाले विकास पत्रकारिताबारे सञ्चारकर्मीलाई तालिम दिएका थिए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ शाखाका अध्यक्ष सुशिला पाठक र सचिव नेत्रप्रसाद अधिकारीले विकास पत्रकारिता बारे आफ्ना अनुभव सञ्चारकर्मीहरूसँग आदान प्रदान गरेका थिए ।

दरबार मिडिया नेटवर्क प्रा.लि.का प्रबन्धक तथा नेटवर्क प्रा.लि.द्वारा प्रकाशन भइरहेको द नेप्लिज डटकमका सम्पादक देवनारायण साहले विकास पत्रकारीताको माध्यमबाट सरकारलाई जबाफदेहिता बनाएर जनतालाई सही सूचना दिनका लागि तालिमको आयोजना गरेको बताए ।