- चिरफार डटकम, विराटनगर १६२ पटक हेरिएको
मंगलबार, माघ ०६, २०८२ समय : १४:३१:१९ , ५ घन्टा अगाडि
नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार फुलकुमार लालवानीले युवालाई विदेश जानबाट रोक्न बेरोजगारी समस्या समाधान गर्ने मतदाता समक्ष प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार विराटनगरमा चिरफार डटकम सँग कुरा गर्दै कांग्रेस उम्मेदवार लालवानीले विदेश पलायन मुख्य समस्या रहेकोले युवालाई नेपालमै रोजगारी उपलब्ध गराउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताए । मोरङ निर्वाचन क्षेत्र नं. ५ भारत सँग सिमाना जोडिएको मधेसी बाहुल्य निर्वाचन क्षेत्र हो ।
जुन निर्वाचन क्षेत्रमा ९० प्रतिशत भन्दा बढी मधेसी मतदाता रहेका छन् । नेपाली कांग्रेसले सोही निर्वाचन क्षेत्रबाट अल्पसङ्ख्यक मारवाडी समुदायबाट लालवानीलाई उम्मेदवार बनाएका छन् । कुराकानी गर्दै लालवानीले भने– यहाँ बेरोजगारी मुख्य समस्याको रूपमा रहेको छ । युवाहरू विदेश पलायन हुने क्रम जारी छ ।
यस्तो अवस्थामा रोजगारी समस्या समाधान गर्न मेरो पहिलो प्राथमिकता रहेछ । मोरङ ५ मा व्यापक बेरोजगारी छ । र बेरोजगारी समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको लालवानीले बताए । मोरङ ५ का किसान कृषि पेसाबाट जीवन निर्वाह गरिरहेका छन् । कृषिलाई आधुनिकीकरण गर्न जरुरी छ ।
कृषिलाई अत्याधुनिक प्रविधि मार्फत अगाडी बढाउने मेरो योजना छ । कृषिमा नयाँ प्रविधि भित्र्याएर समग्र कृषिको विकास गर्नेदेखि बेरोजगारी समस्या समाधान गर्ने मेरो मुख्य चुनावी एजेन्डा रहेको लालवानीले बताए । मोरङ ५ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वसङ्घीय सांसद तथा वर्तमान प्रदेश सांसद अमृत अर्यालले विकास निर्माणको धेरै काम गरेका छन् ।
आर्यालको विकास निर्माणको कार्य नै मेरो चुनाव जित्ने आधार हो । म सङ्घीय सांसदमा निर्वाचित भइसकेपछि समग्र मोरङ क्षेत्र नं. ५ को विकासका लागि काम गर्ने लालवानीले बताए ।
देशको राजनीति विषम परिस्थितबाट गुज्री रहेकोले कांग्रेस सभापति गगन थापाको नेतृत्वमा आगामी सरकार गठन हुने र देशको राजनीति सही दिशा तर्फ अगाडी बढ्ने लालवानीले बताए ।