- चिरफार डटकम, विराटनगर ३१४ पटक हेरिएको
आइतबार, माघ ११, २०८२ समय : १७:११:२४ , ६ घन्टा अगाडि
विराटनगरको प्रतिष्ठित औद्योगिक घराना काबरा जी ग्रुपको सहयोगमा विराटनगर महानगरपालिकाको वडा नं. ४ खारजी स्थित श्री ज्योति आधारभूत विद्यालयमा भान्सा घरका लागि भवन निर्माण गरिएको छ ।
श्री ज्योति आधारभूत विद्यालयमा दिवा खाना कार्यक्रम सञ्चालनमा रहेका छन् । दिवा खाना तयार गर्नका लागि भान्सा घरको अभाव रहेकोले विद्यालयको माँग बमोजिम काबरा जी ग्रुपको सहयोगमा रोटरी क्लब अफ विराटनगर मिड टाउनले विद्यालयमा बेग्लै एक कोठे भान्सा घर भवन निर्माण गरिदिएको हो ।

उद्योगी एवं समाजसेवी घनश्याम काबरा, रोटरी क्लब अफ विराटनगर मिड टाउनका अध्यक्ष रहेका छन् । र उनले आफ्नै लगानीमा विराटनगर–४, खारजी स्थित श्री ज्योति आधारभूत विद्यालयमा ३ लाख भन्दा बढी रकम खर्च गरेर नयाँ भान्सा घर भवन निर्माण गरिदिएको हो ।
रोटरी क्लब ३२९२ का डिष्ट्रिक गभर्नर विनोद कोइराला, क्लबका असिस्टेन्ट गभर्नर प्रिया सारडा र रोटरी क्लब अफ विराटनगर मिड टाउनका अध्यक्ष उद्योगी एवं समाजसेवी घनश्याम काबराले आइतबार विद्यालयमा निर्माण गरिएको नयाँ भान्सा घर भवनको उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक बेदनिधि भट्टराईलाई भवन हस्तान्तरण गरेका छन् ।
रोटरी क्लब अफ विराटनगर मिड टाउनका आगामी अध्यक्ष विनोद बोहरा, क्लबका पूर्वअध्यक्ष सुशिल रिजाल, रामअवतार अग्रवाल, रामकुमार श्रेष्ठ, कुमार खतिवडा, क्लबका सचिव संजय वंशल र क्लबका सदस्य अशोक सोमानी र अमन साह भवनको उद्घाटन एवं हस्तान्तरण समारोहमा सहभागी थिए ।