- चिरफार डटकम, विराटनगर ४६५ पटक हेरिएको
आइतबार, माघ २५, २०८२ समय : १४:४९:१० , २ महिना अगाडि
विराटनगरका सामाजिक एवं धार्मिक व्यक्ति शुभाषिश कोइराला सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) मोरङको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सिडेन मोरङको शनिबार विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले सामाजिक एवं धार्मिक व्यक्ति कोइरालालाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
भारतको बेंगलोरबाट कम्प्यूटर साइन्समा इन्जिनियरिङ गरेका कोइराला नेपालको खेलकुद क्षेत्रमा परिचित नाम हो । केही समय अगाडी विराटनगरमा कोइरालाकै नेतृत्वमा विराट गोल्ड कप फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको थियो ।
विराटनगर महानगरपालिकाले विराट गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना गरेको भए पनि कोइरालाकै नेतृत्वमा भव्य रूपमा गोल्ड कप सम्पन्न भएको थियो ।
श्याम नारायण यादव उपाध्यक्ष, मदन सिंह सचिव र प्रतीक्षा कोइराला कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । मनमोहन पंजियार, अमनकुमार राई, रवि प्रवेश सिंह, राजन चौधरी र आकाश साह समितिका सदस्य रहेका छन् ।
समितिको कार्यकाल २ वर्षको हुनेछ । सेन्टर फ डेमोक्रेटिक इन्जिनियर्स कोशी प्रदेशका अध्यक्ष भरत न्यौपाने लगायतका विशिष्ट व्यक्तिहरू अधिवेशनमा सहभागी भएका थिए ।
नवनिर्वाचित अध्यक्ष कोइरालाले पूर्वाधार सँगै मोरङको विकास निर्माणमा योगदान पुर्याउने गरी काम गर्ने बताए ।