गणगौर महोत्सवमा ५ महिला सम्मानित

  • चिरफार डटकम, विराटनगर ६७६  पटक हेरिएको

बुधबार, चैत्र ०४, २०८२ समय : १७:३३:५९ , १ दिन अगाडि

बुधबार विराटनगरमा आयोजित ३९औं गणगौर पुजा महोत्सव २०८२ मा ५ महिला सम्मानित भएकी छन् ।

नेपाल मारवाडी गणगौर पूजा समिति विराटनगरले समाजमा बेग्लै पहिचान बनाउन सफल ५ जना महिलालाई सम्मान गरेको हो ।

डा. नेहा तापडिया, सक्रिय बाल योगी प्राप्ती घिमिरे, रिसिका कोठारी, प्रियंका अग्रवाल र रानी सारडा राठी गणगौर महोत्सवमा सम्मानित हुने अवसर प्राप्त गर्न सफल भएकी छन् ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, ३९औं गणगौर पूजा महोत्सव समितिका अध्यक्ष ललिता जाजु महोत्सव आयोजक समितिका निवर्तमान अध्यक्ष एवं उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र समाजसेवी बेनीगोपाल मुन्दडाले सम्मानित भएकी ५ जना महिलालाई सम्मान पत्र प्रदान गरेका थिए ।