जीवनराज तिम्सिना नेपाल हक्की संघ कोशी प्रदेशको अध्यक्ष

  • चिरफार डटकम, विराटनगर १२३  पटक हेरिएको

शनिबार, जेठ २३, २०८३ समय : १८:२८:४३ , ४ घन्टा अगाडि

जीवनराज तिम्सिना, नेपाल हक्की संघ कोशी प्रदेशको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

शनिवार विराटनगरमा सम्पन्न नेपाल हक्की संघ कोशी प्रदेशको अधिवेशनबाट तिम्सिना सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएको हो ।

तिम्सिना यस अघि संघको कोशी प्रदेश तदर्थ समितिको अध्यक्ष रहेका थिए । अन्तर्राष्ट्रिय कम्पनी आरती स्ट्रीप प्रा.लि.का उप-महाप्रबन्धकको जिम्मेवारीमा रहेका तिम्सिना हक्की क्षेत्रका चर्चित खेलाडी हुन् ।

पारस थापा र प्रवेश तावा लिम्बु उपाध्यक्ष, विधाकुमार पोखरेल सचिव र बुनु ढुंगेल कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

मेघराज सिग्देल, देवेन्द्रराज पोखरेल, नेत्र तामाङ, सर्वेश पोखरेल, प्रह्लाद थापा मगर र खगेन्द ढुंगाना संघको सदस्य रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष तिम्सिनाको अध्यक्षतामा शनिवार बसेको कार्यसमितिको पहिलो बैठकले निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यबारे कोशी प्रदेश खेलकुद विकास बोर्डलाई जानकारी गराउने निर्णय गरेको छ ।