- चिरफार डटकम, विराटनगर ८४ पटक हेरिएको
सोमबार, साउन ११, २०८३ समय : १५:५६:५७ , १ घन्टा अगाडि
लायन्स क्लबको अन्तर्राष्ट्रिय फाउण्डेशनले सुनसरीको इटहरीमा १ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण गरेको साढे ३ तल्ले भवन माया घरको सोमबार उद्घाटन भएको छ ।
साढे ३ तल्ले भवनमा १५ कोठा रहेका छन् । प्रत्येक तल्लामा ५ कोठा र ३ वटा बाथरुम रहेको छ । लायन्स क्लबको अन्तर्राष्ट्रिय फाउण्डेशनले निर्माण गरेको माया घर सुविधा सम्पन्न भवन हो ।

लायन्स क्लब अन्तर्राष्ट्रियका डाइरेक्टर राजन लम्सालले माया घर भवनको उद्घाटन पछि हस्तान्तरण गरेका छन् । विजयहरि शर्मा लायन्स डिष्ट्रिक ३२५ सी का डिष्ट्रिक गभर्नर रहेको बेला माया घर भवनको प्रोजेक्ट ल्याउन सफल भएका थिए ।
शर्मालाई नै माया घर निर्माणका लागि जिम्मेवारी दिएका थिए । डेढ वर्ष भित्र माया घरको निर्माण कार्य पुरा भएको छ । सोमबार माया घरको उद्घाटन र हस्तान्तरण समारोहमा शर्मा सहभागी थिए ।
आफू नेतृत्वमा रहेको बेला प्रोजेक्ट ल्याउन सफल भएको र ती रकमबाट माया घर भवनको निर्माण कार्य पुरा भएकोले आफू उत्साहित रहेको शर्माले बताए । माया घर उद्घाटन र हस्तान्तरण समारोहमा लायन्स डिष्ट्रिकका गभर्नर सहित उच्च पद श्रेणिका पदाधिकारी सहभागी थिए ।