विराटनगरमा ३६ करोडको लागतमा निर्माण भएको ईफराह आँखा अस्पताल सञ्चालनमा

  • चिरफार डटकम, विराटनगर १३६  पटक हेरिएको

सोमबार, साउन ११, २०८३ समय : १५:५८:२२ , ६० मिनेट अगाडि

विराटनगरमा ३६ करोड रुपैयाँको लागतमा निर्माण भएको ईफराह आँखा अस्पताल सोमबारदेखि सञ्चालनमा आएको छ ।

३६ करोड रुपैयाँ लागत मध्ये कृषि विकास बैंकले २६ करोड र ईफराह आँखा अस्पतालका सञ्चालक मो. जाकिर हुसेन दाजु भाइले १० करोड रुपैयाँ लगानी गरेका छन् ।

विराटनगर महानगरपालिकाको वडा नं. १५ स्थित मलाया रोडमा ईफराह आँखा अस्पताल सञ्चालनमा आएको हो ।

कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र ईफराह आँखा अस्पतालका अध्यक्ष मो. जाकिर हुसेनले सोमबार एक समारोहका बिच अस्पतालको उद्घाटन गरेका छन् ।

ईफराह आँखा अस्पतालका अध्यक्ष मो. जाकिर हुसेनले पहिलो चरणमा प्रत्येक दिन ५० जना आँखाका बिरामीलाई सेवा प्रवाह गर्ने बताए ।