- चिरफार डटकम, विराटनगर २४७ पटक हेरिएको
आइतबार, जेठ ३१, २०८३ समय : १४:०६:४७ , २२ घन्टा अगाडि
उद्योग संगठन मोरङले आइतबार विराटनगरमा आयोजना गरेको दोस्रो संस्करणको सीप उत्सवमा १ हजार भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएको छ ।

सुनसरी, मोरङ र झापाका २५ विद्यालयका १ हजार भन्दा बढी विद्यार्थीहरूले सीप उत्सवमा सहभागिता जनाएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी गराएको छ ।

उद्योग संगठन मोरङले २०८२ जेठ १० र ११ गते विराटनगरमा पहिलो संस्करणको सीप उत्सवको आयोजना गरेका थिए । उद्योग संगठन मोरङले स्वीस सरकारको आर्थिक सहयोगमा इन्सोर र हेल्भेटास परियोजनासँग सहकार्य गरेर दोस्रो संस्करणको १ दिने सीप उत्सवको आयोजना गरेको हो ।

विराटनगर महानगरपालिकाको वडा नं. २ तीनपैनी स्थित उद्योग संगठनको सचिवालयमा आयोजना गरिएको सीप उत्सवमा हजारौँ विद्यार्थीहरूले सहभागिता जनाएको हो ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले युवा पुस्तालाई उद्यमी बनाउने उद्देश्य अनुरूप सीप उत्सवमा विद्यार्थीहरूलाई सहभागिता गराएको बताए ।

उद्योग संगठन मोरङले सीप उत्सवमा आयोजना गरेको सूचना प्रविधि, होटेल म्यानेजमेन्ट र अटो मोबाइल्स प्रतियोगितामा विद्यार्थीहरूले सहभागिता जनाएको छ । प्रतियोगितामा उत्कृष्ट ठहरिने विद्यार्थीलाई नगद सहित प्रमाण–पत्र वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष राठीले बताए ।