समाजसेवी दिनबन्धु गोयललाई शिक्षा सम्मान

  • ब्रह्मदेव यादव, विराटनगर २०७  पटक हेरिएको

बुधबार, आषाढ ३१, २०८३ समय : १८:२१:३३ , ३ घन्टा अगाडि

वरिष्ठ समाजसेवी दिनबन्धु गोयललाई बुधवार विराटनगरमा शिक्षा सम्मान प्रदान गरिएको छ । निजी क्षेत्रबाट विराटनगर सञ्चालनमा रहेको ओमेन्स क्रिएशन ट्यूसन सेन्टरले आयोजना गरेको विशेष समारोहमा वरिष्ठ समाजसेवी गोयललाई शिक्षा सम्मान प्रदान गरेको हो ।

ओमेन्स क्रिएशन विराटनगरका अध्यक्ष शिक्षासेवी श्रीमती पुनम जाजोदियाले वरिष्ठ समाजसेवी गोयललाई शिक्षा सम्मान प्रदान गरेको हो ।

कार्यक्रमका विशिष्ट अतिथि विराटनगरको कोशी अस्पतालमा निःशुल्क रूपमा दिवा भोजन सेवा सञ्चालन गरिरहेको नरसेवा नारायण सेवाका संयोजक एवं समाजसेवी पृथ्वीकुमार अग्रवाल, नेपाल अग्रवाल सभा विराटनगरका पूर्व अध्यक्ष एवं उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवाल सहित समाजका विशिष्ट व्यक्तिहरू वरिष्ठ समाजसेवी गोयलको शिक्षा सम्मान कार्यक्रममा सहभागी थिए ।

विराटनगर महानगरपालिकाको वडा नं. १० स्थित समाजसेवी पृथ्वीकुमार अग्रवालको घरमा ओमेन्स क्रिएशन ट्यूसन सेन्टर सञ्चालनमा रहेको छ । ४० भन्दा बढी बालबालिका ट्यूसन सेन्टरमा अध्ययनरत रहेका छन् ।

४० मध्ये १० जना बालबालिकाहरूको ५ वर्षसम्मको खर्च बापत वरिष्ठ समाजसेवी गोयलले १२ लाख १ हजार रुपैयाँ ओमेन्स क्रिएशन ट्यूसन सेन्टरलाई सहयोग गरेका छन् ।

बालबालिकाको अध्ययनका लागि वरिष्ठ समाजसेवी गोयलले पुर्‍याएको सहयोगको उच्च सम्मान गर्दै ओमेन्स क्रिएशन ट्यूसन सेन्टरले उनलाई शिक्षा सम्मान प्रदान गरेको हो ।

वरिष्ठ समाजसेवी गोयल बाहेक समाजका विशिष्ट व्यक्तिहरूले ओमेन्स क्रिएशन ट्यूसन सेन्टरलाई सहयोग गरिरहेका छन् । विराटनगरका प्रतिष्ठित औद्योगिक घरानाका महिलाहरू ओमेन्स क्रिएशन ट्यूसन सेन्टरमा पुगेर बालबालिकाहरूलाई अध्यापन गराइरहेका छन् ।