श्रीराम रिफाइन उद्योगको प्रदूषणबारे भएको छलफल निष्कर्ष विहीन

  • चिरफार डटकम, विराटनगर १७४  पटक हेरिएको

मंगलबार, आषाढ ३०, २०८३ समय : १६:५१:११ , १ घन्टा अगाडि

मोरङको कटहरी गाउँपालिकाले एक उद्योगको प्रदूषणबारे स्थानीय स्तरमा वृहत् रूपमा छलफल गरेको छ ।

कटहरी गाउँपालिकाको वडा नं. ४ मा सञ्चालित श्रीराम रिफाइन उद्योगको दूषित पानी, फोहोर ग्यास र ध्वनि प्रदूषणबारे स्थानीय स्तरबाट परेको उजुरीको आधारमा कटहरी गाउँपालिकाले उद्योगका सञ्चालक सँग वृहत रूपमा छलफल गरेको छ ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी, श्रीराम रिफाइन उद्योगका सञ्चालक प्रदिप मुरारका र स्थानीय स्तरबाट उजुरीकर्ता सरोकारवाला निकाय बिच उद्योगका प्रदर्शनबारे वृहत् रूपमा छलफल भएको थियो ।

यद्यपि छलफलबाट कुनै निष्कर्ष ननिक्लेको र वृहत् रूपमा छलफलको आवश्यकता रहेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । छलफल हुनुभन्दा अगाडी सरोकारवाला निकायको टोलीले उद्योगको अनुगमन गरेका थिए ।

उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानी खोला तथा नदिमा मिसिने गरेकोले ती फोहोर पानी खाएर घरपालुवा जनावरमा विभिन्न रोगको समस्या देखिएकोले स्थानीयवासी सहित सरोकारवाला निकायले उद्योगका सञ्चालक प्रदिप मुरारकालाई दूषित पानीको उचित व्यवस्थापन गर्न पटक–पटक ताकेता गरे पनि सुनुवाई नभएकोले उद्योगका सञ्चालक प्रदिप मुरारका विरुद्ध स्थानीय तह कटहरी गाउँपालिकामा उजुरी दर्ता गरिएको सरोकारवाला पक्षले जानकारी गराएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्