विराटनगरको सेन्ट्रल मलमा खुल्यो ओकिङ ब्यागको सो–रुम

  • चिरफार डटकम, विराटनगर १४८  पटक हेरिएको

सोमबार, आषाढ २९, २०८३ समय : १४:२८:२४ , २ घन्टा अगाडि

विराटनगरको सेन्ट्रल मलमा ओकिङ ब्यागको सो–रुम खुलेको छ ।

विराटनगरको सेन्ट्रल मलमा सेन्ट्रल बजार सञ्चालन गरिरहेको राकेश जैनको समूहले सोमबारदेखि ओकिङ ब्यागको सो–रुम सञ्चालनमा ल्याएको हो ।

सेन्ट्रल बजारका सञ्चालक राकेश जैन ओकिङ ब्याग सो–रुमको अधिकृत विक्रेता हो । ओकिङ ब्याग कम्पनीले विराटनगरमा खोलेको नेपालको पहिलो अधिकृत सो–रुम पनि हो ।

ओकिङ ब्याग कम्पनीका रिङ्कु अग्रवाल र सेन्ट्रल बजारका सञ्चालक राकेश जैनले सोमबार संयुक्त रूपमा ओकिङ ब्याग सो–रुमको उद्घाटन गरेका छन् ।

कम्पनीले चिनबाट ब्याग आयात गरेर नेपाल सहित विश्वको ७६ वटा देशमा ओकिङ ब्याग बिक्री गरिरहेको छ ।

स्कुल, कलेज, अफिसदेखि महँगा सामान राख्नका लागि कम्पनीले निर्माण गरेको ओकिङ ब्यागको बजार मूल्य न्यूनतम २ हजार २ सयदेखि १७ हजारसम्म रहेको छ ।

कम्पनीले १ सय भन्दा बढी मोडेलका ब्याग उत्पादन गरेर बिक्री गरिरहेको छ । ग्राहकले जुनसुकै देशमा खरिद गरेको ओकिङ ब्यागमा समस्या आएको खण्डमा विश्वको जुनसुकै देशको सो–रुमबाट साट्न सक्ने व्यवस्था रहेको छ ।