सूर्योदय मिल्क एण्ड बेभरेजद्वारा रसुवाका बाढीपीडितलाई ५ लाख ५५ हजार सहयोग

  • चिरफार डटकम, विराटनगर २३४  पटक हेरिएको

आइतबार, भाद्र २१, २०८३ समय : १५:३३:२० , २ दिन अगाडि

सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिज प्रा.लि. विराटनगरले रसुवाका बाढीपीडित परिवारलाई ५ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।

विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित जतुवामा सञ्चालनमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेजले परम ब्राण्डको दुग्धजन्य पदार्थ उत्पादन गरेर बिक्री गरिरहेका छन् ।

भाद्र १० गते रसुवामा आएको भिषण विनाशकारी बाढीको कारण हजारौँले ज्यान गुमाएका छन् भने हजारौँ बेपत्ताको सूचिमा रहेका छन् ।

राष्ट्रिय विपद्को बेला सरकार राहत उद्धार तथा पर्नस्थापा कार्यमा जुटेको अवस्थामा विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेजले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोष मार्फत रसुवाका बाढीपीडित परिवारलाई सहयोग गरेको हो ।

सूर्योदय मिल्क एण्ड बेभरेजका सञ्चालक अनुज यादव, विनोद राठी र प्रेम राठीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत सहयोग रकम हस्तान्तरण गरेका थिए ।