“नर सेवा नारायण सेवा” द्वारा रथयात्रामा ६ हजारलाई महाप्रसाद वितरण

  • चिरफार डटकम, विराटनगर २४८  पटक हेरिएको

शनिबार, भाद्र २०, २०८३ समय : २२:५६:०८ , ३ दिन अगाडि

समाजसेवी पृथ्वीकुमार अग्रवाल संयोजक रहेको “नर सेवा नारायण सेवा” नामक सामाजिक संस्थाले शनिबार विराटनगरमा निकालिएको ९५औं संस्करणको श्रीराधाकृष्ण रथयात्राको अवलोकन गर्न आएका ६ हजार भन्दा बढी सर्वसाधारणहरुलाई प्रसाद वितरण गरेका छन् ।

४ वर्षदेखि “नर सेवा नारायण सेवा” ले रथयात्राको दिन महाप्रसाद वितरण गर्दै आइरहेको छ । “नर सेवा नारायण सेवा” ले महाप्रसादको रुपमा भात, दाल, पुरी, सब्जी, बुनिया र अचार वितरण गरिएको थियो ।

श्रीराधाकृष्ण रथयात्रा निस्कने रुट विराटनगरको ट्राफिक चौकदेखि दक्षिण र भूमिप्रशासन चौकदेखि उत्तर तर्फ मेनरोडमा स्टल राखेर “नर सेवा नारायण सेवा” का पदाधिकारी र सदस्यहरुले ३ देखि ७ बजेसम्म सर्वसाधारणहरुलाई महाप्रसाद वितरण गरेका थिए ।

विराटनगरको कोशी अस्पतालमा बिरामी र बिरामीका कुरुवालाई निःशुल्क रुपमा दिवा खाना वितरण गरिरहेको “नर सेवा नारायण सेवा” ले रसुवाको बाढीपीडित परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।