- चिरफार डटकम, विराटनगर १६६ पटक हेरिएको
मंगलबार, भाद्र २३, २०८३ समय : १५:३९:३२ , १० घन्टा अगाडि
विराटनगरबाट प्रकाशन भइरहेको चिरफार डटकमका अध्यक्ष तथा प्रधान सम्पादक पत्रकार ब्रह्मदेव यादवलाई मङ्गलवार विराटनगरमा शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कारको राशि ११,१११ रुपैयाँ रहेको छ । नेपाल प्रेस युनियन मोरङले मङ्गलवार विराटनगरमा आयोजना गरेको १२औं जिल्ला अधिवेशनमा पत्रकार यादवलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका सभापति एवं सङ्घीय सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बु, नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल र नेपाल प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेलले पत्रकार यादवलाई नगद सहित सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा न्यू सृष्टि दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक शंकर खरेललाई गिरीजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार, तारा आचार्य र भोजराज बस्नेतलाई रमाप्रसाद रिजाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नेपाली कांग्रेसका शीर्षनेताहरुको स्मरणमा नेपाल प्रेस युनियन मोरङ शाखाले विभिन्न विद्याको पत्रकारिता पुरस्कार स्थापना गरेका छन् ।