- चिरफार डटकम, विराटनगर १२५ पटक हेरिएको
शुक्रबार, भाद्र १९, २०८३ समय : १५:५१:५४ , १३ घन्टा अगाडि
सेन्चुरी ग्रुपका अध्यक्ष मोती दुगडले रसुवाका बाढीपीडित परिवारलाई १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
उद्योगी मोती दुगडले सङ्घीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख नगद र ५० लाख रुपैयाँ बराबरको खाद्यान्न सहित राहत सामग्री हस्तान्तरण गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार रहिसकेका उद्योगी दुगडले राजनीतिक भन्दा माथि उठेर मानवताको दृष्टिकोणले रसुवाका बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।
उद्योगी दुगडले नेपालमा पटक–पटक घट्ने विपद्का घटनामध्ये रसुवामा आएको विपद् भयावह पीडादायी घटना मध्ये एक रहेको बताए ।