- चिरफार डटकम, विराटनगर ११९ पटक हेरिएको
बिहिबार, भाद्र १८, २०८३ समय : १५:३७:५९ , ३ घन्टा अगाडि
विराटनगरको कोशी अस्पतालमा बिरामी तथा कुरुवालाई निःशुल्क रूपमा दिवा खाना वितरण गरिरहेको सामाजिक संस्था “नर सेवा नारायण सेवा” परिवारले रसुवाको बाढीपीडित परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
उद्योगी, व्यवसायी, धार्मिक तथा सामाजिक संघ संस्थाहरूको सहयोग रकमबाट कोशी अस्पतालमा निःशुल्क रूपमा दिवा खाना वितरण गरिरहेको “नर सेवा नारायण सेवा” संस्थामा जम्मा भएको रकमबाट ५१ हजार रुपैयाँ रसुवाका बाढीपीडित परिवारलाई सहयोग गरिएको हो ।
राष्ट्रिय विपद्का समयमा सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापना कार्यलाई सहयोग पुर्याउने उद्देश्यका साथ “नर सेवा नारायण सेवा” का संस्थापक पृथ्वीकुमार अग्रवाल, देवकीनन्दन अग्रवाल, विजय गोयल, सन्तोष अग्रवाल र संस्थाका सदस्य मनोज अग्रवालले बिहीबार मोरङका सहायक सीडीयो सरोज कोइराला मार्फत ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।
“नर सेवा नारायण सेवा” का संयोजक पृथ्वीकुमार अग्रवालले राष्ट्रिय विपद्को बेला रसुवाका बाढीपीडित परिवारलाई सकेको जति रकम सहयोग गरेको बताए ।