- चिरफार डटकम, विराटनगर २४८ पटक हेरिएको
बुधबार, आश्विन २८, २०८३ समय : १६:०१:०८ , ६ घन्टा अगाडि
विराट व्यापार संघले विराटनगरमा आयोजना गरेको विराट ट्रेड फेयरमा टिमूर ब्राण्डको चामल बजार भन्दा सस्तो मूल्यमा बिक्री भइरहेको छ ।
विराट ट्रेड फेयर र कम्पनीको विराटनगर–२ तीनपैनी स्थित सोरुमबाट चामल खरिद गर्ने उपभोक्तालाई घरसम्म पुर्याउने व्यवस्था गरेको छ ।

कम्पनीले यसरी उपभोक्तालाई घरसम्म चामल पुर्याइदिँदा त्यसको कुनै शुल्क नलाग्ने जानकारी गराएको छ । विराट व्यापार संघले दसैँ पर्वलाई लक्षित गरेर असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरको जैन भवनको प्राङ्गणमा विराट ट्रेड फेयरको आयोजना गरेका छन् ।
विराट ट्रेड फेयरको स्टल नं. ८ र ९ बाट टिमूर ब्राण्डले आफ्ना उत्पादन जिरा मसिनो र लङग्रेड बासमती चामल बजारको मूल्य भन्दा प्रतिबोरा ३ सय रुपैयाँ सस्तोमा बिक्री गरिहेको छ ।

चिराग फुड प्याकेजिङ उद्योगले टिमूर ब्राण्डको चामल बिक्री गरिरहेको छ । उद्योगले २० र २५ केजीको प्याकेटमा टिमूर सोनम राईस, कृष्णा मधुर प्रिमियम जिरा मसिनो चामल र मधुर कतरनी जिरा मसिनो चामल बिक्री गरिहेको छ ।
कम्पनीले विराट ट्रेड फेयरमा उद्योगको मूल्यमा चामल बिक्री गरिरहेकोले छोटो समयमा उपभोक्ताको मन जित्न सफल भइरहेको छ ।
कम्पनीले २० केजीको प्याकेटमा टिमूर शाही बासमती, टिमूर एक्स्ट्रा लङग्रेड बासमती चामल उद्योगकै मूल्यमा विराट ट्रेड फेयरमा बिक्री गरिरहेको छ ।

चिराग फुड प्याकेजिङ उद्योगका प्रबन्ध निर्देशक हरि सिंघानियाले बजारमा अन्य उद्योगको तुलनामा २० र २५ केजी टिमूर ब्राण्डको चामल २ सय रुपैयाँ सस्तोमा बिक्री भइरहेको छ ।
यसै गरी २० केजीको लङग्रेड बासमती चामल अन्य कम्पनीको तुलनामा टिमूर ब्राण्डको चामल ३ सय रुपैयाँ सस्तो मूल्यमा बिक्री भइरहेको प्रबन्ध निर्देशक सिंघानियाले बताए ।