- चिरफार डटकम, विराटनगर ९४ पटक हेरिएको
बिहिबार, आश्विन २९, २०८३ समय : १७:५५:४० , १ घन्टा अगाडि
मोरङ उद्योग व्यापार संघ विराटनगरले बिहीबार चाडपर्व लक्षित शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्यो ।
विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४७ तथा छठ महान् पर्व २०८३ को शुभ अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा सबै क्षेत्र, तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपे, उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहता, स्वास्थ्य मन्त्री इन्द्रमणी पराजुली, सामाजिक विकास मन्त्री गीता तिम्सिना, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र अमृत अर्याल नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघ विराटनगरका अध्यक्ष प्रमोद जिन्दल, मोरङ चेम्बर अफ कर्मशका अध्यक्ष शिव रिजाल सहित उद्योगी तथा व्यवसायी, राजनीतिक दलका पदाधिकारी, सरकारी निकायका उच्च पद श्रेणीका कर्मचारी, सुरक्षा निकायका उच्च पद श्रेणीका पदाधिकारी कार्यक्रममा सहभागी थिए ।

मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनिलकुमार साहले शुभकामना आदान-प्रदान कार्यक्रममा सहभागी आगन्तुक पाहुनाहरूलाई स्वागत गरेका थिए ।