- चिरफार डटकम, विराटनगर ५४ पटक हेरिएको
आइतबार, कार्तिक ३०, २०८३ समय : १४:०५:४२ , ५६ मिनेट अगाडि
विराटनगर किङ्स नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणबाट बाहिरिएको छ । शनिवार लुम्बिनी लायन्सले चार विकेटको सनसनीपूर्ण जित निकालेपछि विराटनगर किङ्स लिग चरणबाटै बाहिरिएको हो ।
हातमा विकेट हुँदाहुँदै पनि सुस्त गतिमा ब्याटिङ गरेको विराटनगर किङ्स कमजोर बलिङका कारण हार बेहोरदै लिग चरणबाट बाहिरिएको हो ।
२० ओभरमा विराटनगर किङ्सले १ सय ६६ रन बनाएको थियो । २० ओभरको अन्तिम बल खेल्नुभन्दा अगाडी लुम्बिनी लायन्स १ सय ६८ रन बनाएर सनसनी पूर्ण जित निकालेका थिए ।
काठमाडौँको त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा लुम्बिनी लायन्सका रुबेन ट्रम्पलमनले विशाल छक्का प्रहार गरेर विराटनगर किङ्स विरुद्ध जित निकालेका थिए ।
लिग चरणमा ७ खेल खेलेको विराटनगर किङ्सले ३ खेलमा जित र ४ खेलमा हार बेहोरेको छ । विराटनगर किङ्स लिग चरणबाट बाहिरिए सँगै एनपीएलमा खेल्ने अन्तिम ४ टिमको टुंगो लागेको छ ।
लुम्बिनी, सुदूरपश्चिम, काठमाडौँ र चितवन अन्तिम ४ मा पुग्ने टिम बनेको छ । विराटनगर किङ्सका मालिक एवं युवा उद्यमी पारस लुनियाँले एनपीएलको चौथो सिजनमा नयाँ जोस र जागरका साथ मैदानमा उत्रिने तयारी अहिलेदेखि गर्नुपर्ने अवस्था आएको बताए ।