ट्रान्सपोर्ट मार्फत भइरहेको तस्करीमा कसको संलग्नता छ ?

  • ब्रह्ममदेव यादव, विराटनगर २२१  पटक हेरिएको

सोमबार, कार्तिक १७, २०८३ समय : २१:०३:२५ , १९ घन्टा अगाडि

पछिल्लो समय विराटनगरमा ट्रान्सपोर्ट मार्फत तस्करी भइरहेको रहस्य खुलेको छ ।

यसरी ट्रान्सपोर्ट मार्फत भइरहेको तस्करीमा कसको संलग्नता रहेको छ भन्ने प्रश्न उठेको छ ।

ट्रान्सपोर्ट मार्फत भइरहेको तस्करीमा राज्यको सुरक्षा निकायको संलग्नता रहेकोले सरकारले यस विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

नेपाल–भारतको सीमान्त क्षेत्र भारत विहारको जोगबनी बजारमा प्रत्येक दिन करोडौँ रुपैयाँ बराबरको मंहगो ब्राण्डेड कम्पनीको सर्ट पेन्ट र कुर्तासल्वारको कपडा बिक्री भइरहेको छ ।

यसरी बिक्री भइरहेको कपडा जोगबनीका कपडा कारोबारीले सीमान्त क्षेत्रमा रहेको दर्जनौँ साना साना ट्रान्सपोर्ट मार्फत विराटनगरको ठुलो ट्रान्सपोर्टमा पुर्‍याउने र त्यहाँबाट देशको विभिन्न स्थानमा कपडा पठाउने काम भइरहेको छ ।

यसरी ट्रान्सपोर्ट मार्फत भइरहेको कपडा तस्करीमा राज्यले प्राप्त गर्नुपर्ने मोटो रकम राजश्व गुमिरहेको छ भने तस्कर गिरोह र जोगबनीका कपडा कारोबारी मालामाल भइरहेका छन् ।

जुन अवैध तस्करीमा राज्यको सुरक्षा निकाय संलग्नता रहेको छ । राज्य यस तर्फ मौन रहेको छ ।