४ सय विद्यार्थीलाई दीपावलीको उपहार

  • चिरफार डटकम, विराटनगर ९२  पटक हेरिएको

बुधबार, कार्तिक १९, २०८३ समय : १६:०१:२६ , २ घन्टा अगाडि

विराटनगर प्लेटिनम राउण्ड टेबल–११ ले विराटनगर सफायर राउण्ड टेबल–१८ सँग सहकार्य गरेर मोरङमा ४ सय जना विद्यार्थीहरूलाई दीपावलीको उपहार वितरण गरेको छ ।

दीपावलीको मुखमा विद्यार्थीहरूलाई चाहिने मिठाई सहित विद्युतीय सामग्री वितरण गरिएको छ ।

राउण्ड टेलब नेपाल अन्तर्गतको यी दुई संस्थाले मोरङको बुढीगंगा गाउँपालिकामा रहेको श्री देश कल्याण आधारभूत विद्यालयमा अध्ययनरत ४ सय जना विद्यार्थीहरूलाई दीपावलीको उपहार सामग्री वितरण गरिएको हो ।

राउण्ड टेबल–१८ का सचिव गौरव दुगड, राउण्ड टेबल–११ का अध्यक्ष मधुर दुगड, पूर्वअध्यक्ष पवन पारख, सुमित अग्रवाल र समाजसेवी मीनु दुगड विद्यालयमै पुगेर विद्यार्थीहरूलाई दीपावलीको उपहार सामग्री वितरण गरेका थिए ।

राउण्ड टेबल–११ का पूर्वअध्यक्ष एवं युवा उद्यमी पवन पारखले चार्ड पर्वको बेला निम्नवर्गीय गरिब विद्यार्थीहरूलाई दीपावलीको उपहार वितरण गर्दा खुसी लागेको बताए ।